१८ असार २०८३, बिहिबार 1782992432
अर्थ

५०० र १००० को नोटमा प्रतिवन्ध लगाउन सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले ५०० र १००० को नोटमा प्रतिवन्ध लगाउन माग गरेकी छिन् ।

राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले यस्तो सुझाव दिएकी हुन् ।

पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’

बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने सांसद पन्तले बताइन् । ‘बोरामा बाँधेका पैसाहरु ५०० र १००० का नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति ग¥यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं ।’