२३ भदौ २०८३, मंगलबार 1788889485
Banner

न्याय सेवा आयोगद्वारा १८५ कर्मचारी को सरुवा सिफारिश (सूचीसहित)

काठमाडौं। न्याय सेवा आयोगको बैठकले ११ जना सहसचिवसहित १८५ जनाको सरुवा सिफारिशको निर्णय लिएको छ । आज कायममुकारम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय लिएको हो ।

सरुवाको सिफारिश गरिएकामा ११ जना सहसचिव, ४० जना उपसचिव, १३४ शाखा अधिकृत छन् । यसैगरी, भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीशमा चयन गरेको छ । उनीहरु जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएका हुन् ।

सरुवा हुनेहरुमा अर्जुनकुमार खड्का अर्थ, कोशलचन्द्र सुवेदी कानून मन्त्तालय, टीकाराम पाण्डे प्रधानमन्त्रीको कार्यालय, पाराश्वर ढुंगाना कानून आयोग, धर्मराज कुँईकेल, मधेश प्रदेश सचिव, इश्वरी प्रसाद बन्जाडे महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधिवक्ता, दमनसिंह बिष्ट, उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरका सहन्यायाधिवक्ता, ज्ञान प्रसाद भुसाल, उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता, पुण्यप्रसाद पाठक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता छन् ।