१० श्रावण २०८३, आइतबार 1785090096
Banner

लेटाङ आन्दोलनले तनाव : झडपमा महिला प्रहरीको मृत्यु

मोरङ– मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ।

लेटाङ , ५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।

नगरपालिकाका उपमेयर तथा सोही वडाका अध्यक्षसमेत घटनाबारे बुझ्न जाँदा तनावग्रस्त भीडले आक्रमणको प्रयास गरेको थियो। आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो।

सोही क्रममा एक महिला प्रहरीको मृत्यु भएको हो। प्रदर्शनकारीले राति अबेरसम्म प्रदर्शन गरेका थिए ।

तनावका बीच आरोपी शिक्षकलाई प्रहरी कार्यालय लगिएको छ भने घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।