काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
राती भने देशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक २ स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।