४ भदौ २०८३, बिहिबार 1787216097
Banner

बालुवाटारमा प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रमुख ३ दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

प्रधानमन्त्रीको बोलावटमा नेताहरू बालुवाटार पुगेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले रातोपाटीलाई जानकारी दिए। आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बजगाईंको भनाई छ।

सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो। उनको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ। त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन रहेको छ।

त्यस्तै, राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि ३ नेताबीच छलफल हुने बताइएको छ।