काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने सचिव पदमा अर्यालले जानकारी दिनुभयो। केन्द्रीय कमिटी बैठक २८–३० गते काठमाडौंमा हुँदै छ । केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने तयारी छ ।
आजको बैठकमा समसामयिक विषयमा पनि छलफल हुने अर्यालको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पनि एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।