२४ आश्विन २०८३, शनिबार 1:52 pm
Banner

टोपबहादुर रायमाझी पार्टीबाट निलम्बित

काठमाडौं। नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो।