२७ भदौ २०८३, शनिबार 1789271709
Banner

आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

हेटौँडा– नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आरजुलाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजुलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।