काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको बताएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले रायमाझी पार्टीको सम्पर्कमा नरहको बताउनुभयो ।
ुउहाँ हाम्रो सम्पर्कमा हुनुहुन्न। सम्पर्कमा भएको भए त प्रहरीले पक्राउ गरिहाल्थ्यो नि गुरुङ्गले भन्नुभयो । एमालेले रायमाझीलाई यसअघि नै निलम्बन गरिसकेको छ। सचिवालय बैठकको निर्णयपछि पार्टीले उहाँलाई निलम्बन गरिसकेको छ। आशा छ, उहाँको निलम्बन फुकुवा गर्न पाउँ,’ उहाँले भन्नुभयो ।
शरणार्थी प्रकरणमा संलग्न देखिएपछि प्रहरीले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि उनी सम्पर्कविहीन छन्।