२७ भदौ २०८३, शनिबार 1789268896
Banner

मोरङको राठी इन्डष्ट्रिजमा आगलागी

विराटनगर। मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ। बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो। यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ।

शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ।