८ मंसिर २०८१, शनिबार 1732384745
Banner

प्रचण्डले रविलाई भने, ‘भ्रष्टाचारविरुद्ध अभियानमा सहयोग गर्नुस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भ्रष्टाचारविरुद्ध अभियानमा साथ दिन आग्रह गरेका छन् । शुक्रबार बिहान भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई यस्तो आग्रह गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन्।

प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए। ‘सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो। त्यो हुन नसकेपनि तपाइँहरुले साथ जरुरी छ’, प्रचण्डको भनाइ उदृत गर्दै रास्वपाका एक नेताले भने, ‘म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु।’

विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपछि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ थियो।