२८ भदौ २०८३, आइतबार 1789280056
Banner

कर्णाली कोरिडोर एक हप्तालाई बन्द

 वैशाख । कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । कालिकोट जिल्लाको खुलालु स्थित कर्णाली नदी पारीको पक्की पुलको वायाँ तर्फको सडक सुधारका लागि एक हप्ताका लागि कोरिडोर बन्द गरिएको हो ।

वैशाख ३० गते देखि जेठ सात गते सम्म कोरिडोर बन्द हुने प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले निकालेको सूचना वैशाख ३० गते देखि एक हप्ताका लागि कोरिडोर बन्द हुने उल्लेख छ । पुलको वायाँ पट्टीको सडक सुधारका लागि दुई पटक सम्म ठेक्का हुँदा कुनै पनि निमार्ण व्यवसायी काम गर्न इच्छुक नभएका कारणले सडकको खाल्डा पुर्नका लागि सडक विभागले आफै काम गर्ने हुँदा यातायात सञ्चालनमा रोक लगाएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिँले केही समय अगाडीको आफूलाई पुलको वायाँ तर्फको ओरालो सडक आरसिसी गर्नु पर्ने भएकाले महिना दिन सम्म सडक बन्द गर्नु पर्ने खबर थियो । 

तर पछि ठेक्का खोल्दा कुनै पनि निमार्ण व्यवसायीले काम गर्ने इच्छा नदेखाएका कारणले विभागले आफै भए पनि खाल्डा पुर्ने भनेकाले एक हप्ताका लागि कोरिडोर बन्द गरेको बताउनुभयो । उहाँले खुलालु देखि वाजुरा हुम्ला तर्फको सडक त खुला हुन्छ, तर सुर्खेत नेपालगन्जबाट हुम्ला तर्फ जाने गाडी मात्र बन्द गरिएको बताउनुभयो । अव एक हप्ता सम्म लामो दुरीका यातायातका साधन बन्द भएका छन् । काम एक हप्तामा सम्पन्न नभएको खण्डमा केही कोरिडोर बन्दको समय थपिने छ ।