२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:27 pm
Banner

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दै

सूचना प्रेस २०८० जेष्ठ १६ मंगलबार ००:००, ०७:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज  बिहान ८ बजे बस्न लागेको हो । 

पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुनुहुनेछ । अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।

सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसक्नुभएको छ ।