१४ श्रावण २०८३, बिहिबार 1785439121
Banner

सांसदहरूलाई बालेनको प्रश्न-वडा अध्यक्षको काम गर्नेभए किन सांसद बन्नुभयो ?

काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सरकारले सांसद विकास कोष ब्युँताएकोमा आपत्ति जनाउनुभएको छ ।   

अर्थमन्त्री डा प्रकाशशरण महतले हिजो आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै सांसदहरूलाई ५ करोड दिने घोषणा गरेका थिए । 

सांसद विकास कोषबारे व्यङ्ग्य गर्दै मेयर साहले सांसदहरू वडा अध्यक्षको लेबलमा आएको बताउनुभयो । 

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो’, उहाँले भन्नुभयो, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ?’ 

सरकारले सांसद विकास कोष ब्युँताएपछि त्यसको विरोध भइरहेको छ ।