१९ आश्विन २०८३, सोमबार 11:20 pm
Banner

सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ।

बिहीबार पार्टी संसदीय दलको बैठकले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।

पार्टी बैठकपछि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको रास्वपा सांसद हरि ढकालले जानकारी दिनु भयो ।