२० आश्विन २०८१, आइतबार 1728220380
Banner

प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।