काठमाडौं । नेपालीकांग्रेसका महामन्त्री गगन थापा र सांसद प्रदीप पौडेलले बजेटबारे असन्तुष्टि प्रकट गरेका छन् । आइतबार प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलका क्रममा थापा र पौडेलले बजेटमाथि असन्तुष्टि प्रकट गरेका हुन् ।
बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न महामन्त्री तथा सांसद थापाको अर्थमन्त्रीलाई आग्रह गरे ।
प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितिमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने उनको भनाइ छ ।
‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्नथ्यो भन्ने मेरो अनुमान थियो। यो कुनै सूचना होइन । किनकि यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि राम्रोसँग बुझ्नुभएको छ’, उनले भने, ‘त्यसैले यहाँ प्रस्तुत भइसकेपछि यहाँ डिफेन्स पनि गर्नुपर्थ्यो । अवास्तविक छ भन्ने कुरा मनमा लागेपनि होइन भन्नुपर्ने स्थिति छ । तर, कार्यान्वयन गरेर परिणम ल्याउँछु भन्नु भन्दाअघि अवास्तविक छ भनेर स्वीकार्नुहोला। यो यत्रो हुनैसक्दैनथ्यो ।’
बजेट कार्यान्वयमा चुनौति रहेको बताउँदै एकजुट भएर अहिलेको समस्या समाधान गर्न लाग्न आग्रह गरे ।
यस्तै, पौडेललेअर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न नसकिने बताए ।
‘अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न भएको होइन । लामो बेथितिको कारणले उत्पन्न भएको हो । विगतको निरन्तरताले अर्थतन्त्रको रुपान्तरण सम्भव छैन । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न सक्दैनौँ ।’