काठमाडौं । नेकपा एमालेले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक पदम गिरी यस्तो बताएका हुन् ।
आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताए । यस्तै, गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको उनको भनाइ छ ।
‘अहिले पनि गतवर्षझैं करको दर हेरफेर भएको कुरा आयो । तर, त्यसमा हामीले प्रश्न उठाएपछि अर्थमन्त्रीबाट जवाफ पनि आयो । त्यसको लगत्तै सत्तापक्षका माननीयहरुले भन्नुभयो। एमालेतर्फ लक्षित गरेर हामीले कुनै कर्मचारी नियुक्ति गरेको होइनौं । कसले गरेको थियो ? भनेर हामीमाथि प्रश्न पनि गरियो ।’