काठमडौं । सेयर बजारमा आइतबार ४०.४८ अंकले वृद्धि भएको छ ।
२.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको हो । यस्तै, सबै उपसूचकहरु हरियाली देखिँदा सबैभन्दा धेरै लगानी उपसूचक वृद्धि भयो ।
२७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।
सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो । गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।