१० कार्तिक २०८१, शनिबार 1729980869
अर्थ

संसदीय क्षेत्रीय पूर्वाधार कार्याक्रमबारे गलत प्रचार भयो: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्रीय पूर्वाधार कार्याक्रमबारे गलत प्रचार भएको बताएका छन् ।

सोमबार बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा बजेटका आफ्नै विशेषता हुने र ती विशेषतालाई ओझेलमा पार्न गलत प्रचार गरिएको बताउँदै उनले यस्तो बताएका हुन् ।

संसदीय क्षेत्रीय पूर्वाधार कार्याक्रमलाई कोष भनी गलत प्रचार गरिएको उनको भनाइ छ ।

उनले बाहिर बजेटको विशेषतामा केन्द्रित नभई बजेटको महत्वको कम गरेर देखाउन कोष,कोष भनी प्रचार गरिएको बताए ।

सांसद पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जाने रकम पनि पुँजीगत खर्च हुने उनको भनाइ छ ।

यस्तै, उनले कतिपय माननीयहरुले सांसद पूर्वाधार विकास कोषको उपयोग नगर्ने गरेको बताउँदै उनले यदि त्यसो भए सरकारले त्यसलाई उपयोग गर्ने उनले बताए ।

Tags :