१० कार्तिक २०८१, शनिबार 1729987370
अर्थ

बजेट विकट जिल्ला र ठाउँबाट सहरमा रकमान्तर हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विकट जिल्ला र गाउँबाट मुख्य शहर र राजमार्गमा रकमान्तर हुने गरेको बताएका छन् ।

सोमबार बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘बजेट कार्यान्वयनको सिलसिलामा विकट गाउँको विकासका लागि इन्जिनियर पनि जान गाह्रो मान्ने । ठेकेदार पनि जान गाह्रो मान्ने । त्यस्तो ठाउँहरुबाट हरेक वर्ष तेस्रो चौथो चौमासिकमा काठमाडौं उपत्यका तथा तराईका शहर तथा मदनभण्डारी राजमार्गमा धेरै बजेट रकमान्तर भएको छ । जहाँ रसुवामा जानुपर्ने, करिडोरमा जाने बजेट, कर्णाली करिडोरमा जाने बजेट अन्य पहाडी जिल्लामा जाने बजेट रकमान्तर भइरहेको छ । त्यसो हुनाले अब बजेटमा रकमान्तर हुँदैन । पहाड र हिमालमा पूर्वाधारको आवश्यकता धेरै छ । अत्यन्त ठाउँ छ । विकट ठाउँ छ । ठूलो भूगोल छ । त्यहाँ यसै थोरै बजेट त्यसमाथि पनि रकमान्तर । त्यो हुँदैन,’ उनले भने, ‘ हामीले त्यसालई कडाइ गर्ने व्यवस्था गरिएको छ ।’