११ कार्तिक २०८१, आइतबार 1730038785
Banner

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ-बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । 

पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुन लागेको हो । 

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।