१० कार्तिक २०८१, शनिबार 1730002754
Banner

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय समितिमा बोलाउने निर्णय

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाएको छ ।

प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति बैठकको निर्णयले कार्कीलाई भोलि बिहान ८ बजे बोलाएको छ ।

बुधबार उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले बताए ।

आज २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरेको उनको भनाइ छ ।

आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । उनलाई भोलिको बैठकले प्रधानन्यायाधिशमा अनुमोदन गर्ने बताइएको छ ।

Tags :