२७ बैशाख २०८३, आइतबार 1778429306
Banner

यस्तो छ कोशी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

मोरङ-कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रदेशसभामा बुधबार प्रस्तुत गर्नु भएको हाे ।

नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिनेलगायत विषय नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याएका सुझावलाई कर्यान्वयन गरिनेलगायतका विषय उल्लेख गरिएको छ।