८ भदौ २०८३, सोमबार 1787591853
Banner

मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं । मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोठडाँडा बस्ने ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो छन्।

बकैया गाउँपालिका–८, तल्लोबिरेफाटस्थित मकैबारीमा बुधबार दिउँसो करेन्ट लागेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेक कार्कीले जानकारी दिए।

बारीमा खाल्डो खनिरहेका बेला लत्रिएको बिजुलीको नांगो तारमा छोइएपछि उनीहरूलाई करेन्ट लागेको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।