२७ भदौ २०८३, शनिबार 1789264840
Banner

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु भएको छ। समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न सोध्ने क्रम जारी छ।

प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन्। संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ। कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो।

सदस्यहरुले कार्कीविरुद्ध परेका उजुरीका साथै न्यायपालिकाप्रति आम नागरिकको विश्वास टुट्दै जानुको कारण, तत्काल फैसला हुनुपर्ने विषयमा पनि ढिलो फैसला हुने गरेको, गरिबले मुद्दा लड्न नसक्ने अवस्था समाधानको उपाय लगायतका विषयमा प्रश्न सोधिरहेका छन्।