८ मंसिर २०८१, शनिबार 1732348383
राजनीति

समाजवादी मोर्चाबारे नेकपा एसको छलफल जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेबाट जारी बैठकमा समाजवादी मोर्चाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आजभोलि नै माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी गर्ने छ।

उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ। प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ। उनीहरुका अनुसार असार १ गते नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन।