१७ आश्विन २०८३, शनिबार 7:05 am
Banner

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ ।

संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको हो।

गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो।

समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ।