११ कार्तिक २०८१, आइतबार 1730016860
Banner

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको शपथ गराएका हुन्।

शपथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दियो।

संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै उनी प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए । उनी सवैभन्दा छोटो कार्यकाल प्रधानन्यायधीश बनेका छन् । कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

Tags :