२७ भदौ २०८३, शनिबार 1789247585
Banner

राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे।

स्राेतका अनुसार  टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। अहिले उहाँकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना हुनु भएको थियो ।