२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:49 pm
राजनीति

बाढी पहिरोमा बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन प्रधानमन्त्रीको निर्देशन

सूचना प्रेस २०८० असार ३ आइतबार ००:००, ०८:१५ बजे १ मिनेट पढाइ

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन्।

उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्। विपत्मा सहयोग गर्न प्रधानमन्त्रीले आम जनसमुदायमा पनि अपिल गरेका छन्।

गएरातिदेखि परेको भारी वर्षाका कारण सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन्। यता ताप्लेजुङमा पनि पहिरोमा परी ४ जना बेपत्ता भएका छन्।