७ मंसिर २०८१, शुक्रबार 1732336151
Banner

भोलिदेखि भारतीय चलचित्र प्रदर्शन रोक्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गर्नुभएको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी अघि बढाएको हो।

मेयर बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिनु भएको थियो। तर, चलचित्रबाट अहिलेसम्म उक्त संवाद हटाइएको छैन । नेपालको सेन्सर बोर्डले ‘भारत’ शब्द काटेर नेपालका प्रदर्शनको अनुमति दिएको थियो।

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने मेयर बालेनले बताउनु भयो।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले भन्नुभएको छ, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६०ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। ’