७ भदौ २०८३, आइतबार 1787501186
Banner

शेयर ब्रोकरलाई जुनसुकै समयमा लाइसेन्स दिने व्यवस्था गर्नुपर्छः सांसद चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले शेयर ब्रोकरलाई जुनसुकै समयमा लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।

मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले ३–३ वर्षमा ब्रोकर थप्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरे। उक्त व्यवस्थालाई हटाएर जुनसुकै समयमा अनुमति लिन सक्ने व्यवस्था गर्न उनले सुझाव दिएका हुन्।

यस्तै ब्रोकरको लागि तोकिएको रकम पनि धेरै भएको भन्दै यसलाई संशोधन नगरे फेरि पनि सिन्डिकेट हुने उनको भनाइ थियो।

यस विषयमा जाँचबुझ गर्ने निर्णय अघिल्लो बैठकले गरिसकेको हुँदा समिति बनाउनुपर्ने पनि उनले बताए।