७ भदौ २०८३, आइतबार 1787513636
Banner

बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश

काठमाडौं । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका हुन्।

बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका थिए। उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए। घोषणापत्रलाई प्रविधिको माध्यमबाट प्रदर्शन गरेको एमालेले त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिबेट कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा पनि शाह सहभागी भएका थिए।

प्रतिनिधि सभा निर्वाचनपछि रास्वपसँग निकट देखिएका बैंकर शाह बिहीबार औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्। उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।