११ कार्तिक २०८१, आइतबार 1730060280
Banner

सन्दीप लामिछानेले लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।

टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर एक सय ६७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सका लागि ४३ बलमा तीन चौका र एक छक्कासहित ३० रन बनाएका विक्रमजितसिंह आउट भएका थिए।

उनी १३औं ओरभको अन्तिम बलमा सन्दीप लामिछानेको बलमा एलबीडब्लू शिकार भए। नेपालका लागि कसिलो बलिङ गरेका सन्दीपले वान् डाउनमा क्रिजमा उत्रिएका वेस्ली बारेसीलाई पनि पभिलियन फर्काएका छन्।

चार बलमा तीन रन जोडेका बारेसी १६औं ओभरको पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच भए।

नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ। आजको खेलमा जित निकाल्ने टिम सुपर सिक्समा पुग्ने छ।