७ मंसिर २०८१, शुक्रबार 1732332088
Banner

काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक भत्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले मासिक तलब पाउने भएका छन् । त्यसका महानगरले ३० करोडको सोध भर्ना कोष खडा गरेको छ ।

आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।

काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । तर, कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।

काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।

यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Tags :