२७ बैशाख २०८३, आइतबार 1778407811
Banner

वैदेशिक रोजगार विभाग इपिएस शाखा घेराउ

काठमाडौं । ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग इपिएस शाखा घेराउ भएको छ ।

कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।

प्रदर्शनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए ।

नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् ।

सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् ।

Tags :