काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको तौल मापन गर्ने भएको छ ।
पशुपतिनाथमा राखिएको सुनको जलहरीको तौल मापन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ । जलहरीमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि तौल लिन अख्तियारको टोली मन्दिर परिसर पुगेको हो । जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा आज जोखिने लागेको हो।