ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आइतबार उपमेयर मञ्जिला शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको जनाएकी छन् । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।