८ मंसिर २०८१, शनिबार 1732393247
Banner

उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समूहमा छलफल

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ। सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समूहमा विभाजन गरेर छलफल हुँदै छ।

हिजो आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन्। विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा २ कार्यकालभन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ।