९ असार २०८३, मंगलबार 1782254128
समाचार

मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड सि अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए।

मृतक दुई जना बाबुछोरी हुन्। दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले बताएको हो।

दुर्घटनामा पाँच जना घाइते छन्। उनीहरूको उपचार भइरहको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।