१० कार्तिक २०८१, शनिबार 1729995004
राजनीति

जिल्ला निर्वाचन कार्यालय खारजेबारे जवाफ दिइयोस् : सचेतक गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आगामी चुनावलाई प्रभावित पार्ने उद्देश्यका साथ जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सचेतक गिरीले यस्तो बताएका हुन् ।

साथै, यसबारेमा प्रधानमन्त्री स्यंम उपस्थित भएर जवाफ दिन् माग समेत उनले गरेका छन् । सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयको एमाले र रास्वपाका सांसदहरुले विरोध जनाइरहेका छन् ।

सरकारले ७७ वटै जिल्लाका निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेसँगै सदनमा चर्को विरोध हुँदै आएको छ ।

Tags :