१० कार्तिक २०८१, शनिबार 1729987809
Banner

त्रिवि शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक क्यालेन्डर कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

हरेक वर्ष त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाउने, तर कार्यान्वन भने नहुने गरेको छ ।

‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’’ प्रधानमन्त्रीले भने ।

यस्तै, प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व हुने बताए ।

Tags :