१४ श्रावण २०८३, बिहिबार 1785458996
Banner

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले स्पष्टीकरण नदिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसकृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी/ गोप्य’ भनेर आएको पत्र मन्त्रीकै सामाजिक सञ्जालबाट सार्वजनिक भएको भन्दै मन्त्रीलाई आफूले स्पष्टीकरण नदिने बताएका हुन् ।

सोमबार किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरी सोही बमोजिमको पत्र महानिर्देशकलाई पठाएका थिए ।

उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्ति दिइएको आरोप छ।

यस्तै सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै अधिकारीलाई विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनु भएका तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने भनी प्रश्न गरेको थियो ।

Tags :