२८ भदौ २०८३, आइतबार 1789338006
Banner

जिल्ला निर्वाचन आयोग खारेज हुँदैनन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्लामा रहेका निर्वाचन आयोगको कार्यालय खारेज नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन आयोगका कार्यालय खारेज नहुने बताएका हुन् ।

सरकारले ७७ वटै जिल्लाका निर्वाचन आयोग खारेज गर्ने निर्णयसँगै चौतर्फी विरोध र आजकै संसद बैठकमा नेकपा एमालेलगायतका सांसले सरकारको सो कदमबारे प्रश्न उठाएका थिए ।

उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु। यसका कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ। हामीले पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर पनि प्रतिबद्धता जनाइसकेका छौँ। प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको हुँ।’

Tags :