१० कार्तिक २०८१, शनिबार 1729966690
Banner

ललिता निवास प्रकरण : थप चारजना पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा कीर्ते प्रकरणमा थप चारजना पक्राउ परेका छन् ।

मंगलबारै सो प्रकरणमा सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका थिए । प्रहरीले उनीसहित सो प्रकरणमा मुछिएका ५ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा को–को छन् ?
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणी केसी छन् ।

उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ ।

Tags :