२७ भदौ २०८३, शनिबार 1789245488
Banner

प्रतिनिधिसभामा आज बजेट पारितको प्रस्ताव पेस हुने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अन्तिममा अर्थ मन्त्री डा.प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बजेट आजै पास गर्ने तयारीका साथ सत्तारुढ दलहरूले आ–आफ्नो पार्टीमा ह्विप लगाएका छन् ।