७ भदौ २०८३, आइतबार 1787504721
Banner

सरकारमाथिको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो: अध्यक्ष ओली

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताउनु भएको छ।

प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता समेत रहेका ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको बताउनु भयो।

ओलीले भन्नुभयो, ‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो। अहिले ५३ प्रतिशतमा घट्यो। के भन्दा के हुनुपर्‍यो ?’ प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो। पक्षमा १४७ र विपक्षीमा १०८ मत परेको थियो। संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो।