७ मंसिर २०८१, शुक्रबार 1732295533
Banner

भ्रष्टाचारविरुद्धको अभियानले तीव्रता पाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानलाई थप तीव्र बनाउने बताएका छन् ।

शनिबार पोखरामा सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ ।

भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’

उनले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी समेत गरे । एयर रुटका विषयमा भारतसँग कुरा भइरहेको र चीनमा पनि यो विषयमा छलफल हुने उनले बताए ।

Tags :