१० कार्तिक २०८१, शनिबार 1729977249
Banner

विधेयकबारे कलम चलाउन राष्ट्रियसभाका अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारले विधेयकबारेमा कलम चलाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौं वर्षसम्म नआउने लगायत विषयमा कलम चलाउन नसकेको गुनासो गरे ।

उनले विधेयकहरु बारम्बार शून्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे ।

विधेयक ल्याउन भइरहेको ढिलासुस्तीमा दबाब दिन सके विधेयक समयमा नै आउने उनको भनाइ छ ।

Tags :